थप २ हजार ७ सय ६८ जनामा काेराेना पुष्टि, ४ हजार २० जना सङ्क्रमणमुक्त

 असार ४, २०७८ शुक्रबार १६:५९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार सात सय ६८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ६३ जना र पाँच हजार चार सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय पाँच जना गरी दुई हजार सात सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख १७ हजार नौ सय ४७ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २४ हजार आठ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार २० जना काेराेना भाइरसकाे सङ्क्रमणबाट निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा र यसअघिको विवरणसहित ४४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६ सय ४१ पुगेको छ ।

अहिले नेपालमा ५९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया