कोपा अमेरिका : चिलीको पहिलो जित, बोलिभियाको दोस्रो हार

 असार ५, २०७८ शनिबार ५:५१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै चिली समूह 'ए' को शीर्ष स्थानमा छ  । चिलीले चार अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ । समूह 'ए' कै अर्को खेलमा अहिले पौने ६ बजे अर्जेन्टिना र उरुग्वे खेल्दै छन्।
 

अन्तिम अपडेट: असार ७, २०७८

तपाईको प्रतिक्रिया