सार्वजनिक खर्चलाई मितव्यवी र पारदर्शी बनाउन भन्दै नयाँ मापदण्ड ...
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल स्काउटका अध्यक्ष लोक बहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताउनुभएको छ ।
शनिबार नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा अध्यक्ष भण्डारीले बालबालिकाको व्यक्तित्व विकासको वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता छ भन्नेकुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताउनुभएको हो । उहाँले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा पनि स्काउटलाई विद्यालयमा पुर्याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई स्वयम्सेवी भाव जगाउने पनि बताउनुभयो ।
‘स्काउटको संरचना स्थानीय तहसम्म गएको छ । विद्यालयमा स्काउट पुर्याउने काम बजेटमै आएको छ । पाठ्यपुस्तकमै ६ कक्षमा आइसकेको छ ।' उहाँले भन्नुभयो – 'अब शिक्षकहरुलाई तालिम दिने र उनीहरुले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर स्वयम्सेवी भाव जगाउने, सवल व्यक्ति, सक्षम व्यक्ति बन्नका लागि, सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता तल्लो तहमा छ भन्ने बुझाउने, नैतिक शिक्षा दिएर आदरभाव सिकाउँछौँ ।’
अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको पनि बताउनुभयो । समाजमा स्वयमसेवा गर्नेहरु घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयमसेवी बनाउने गरेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।