पेनाल्टीमा गोल गर्न नसक्दा स्पेन पाेल्यान्डसँग बराबरीमा रोकियो

 असार ५, २०७८ आइतबार ५:३९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरो कप फुटबलको समूह 'ई' को खेलमा स्पेन र पाेल्यान्ड बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा भएको खेलमा स्पेन पाेल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा पाेल्यान्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा पाए पनि जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो । बराबरीसँगै स्पेन दुई अङ्कसहित तेस्रो स्थानमा र पाेल्यान्ड एक अङ्कसहित पुछारमा छ । यो समूहमा स्वीडेन शीर्ष र स्लोभाकिया दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया