युरो कप : फ्रान्स र हङ्गेरी बराबरीमा रोकिए

 असार ६, २०७८ आइतबार ५:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरो कप फुटबलको समूह 'एफ'को खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् । हिजो भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता  दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ । पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया