'बीआरआई' मा ऋण लिनुको साटो अनुदान लिनुपर्छ : सभापति देउवा
मंसिर १०, २०८१ सोमबार
सिन्धुपाल्चोक – यही असार १ गते बेलुका हेलम्बु गाउँपालिका १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको ठूलाे पहिरो र त्यसपछि मेलम्ची खोलामा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएकाे छ ।
बाढीले विशेषगरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पुर्यायाे । घर, सङ्घ–संस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो बेलुका भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ छ भने सञ्चार माध्यममा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।
कोरोना कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रिय रूपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयका रूपमा चिनिन्छ । असार १ गतेको बाढीले सामान्य क्षति पुर्याएकाे विद्यालयमा शनिवारको बाढीले विद्यालयको भौतिक रूपमा क्षति गर्याे ।
विद्यालयमात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमा समेत जोखिम बढाएको छ । विद्यालयमा क्षति हुँदा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनु हुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षाप्रेमीले चासाे र चिन्ता लिइरहेका बेला प्रकृतिले किन चिन्ता लिन सकेन ? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन । विभिन्न सङ्घ–संस्था, दातृ निकाय र अभिभावकको पहलमा विद्यालयको भवन निर्माण भएको थियो । २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यति बेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकले भुल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो । एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यति बेलाको फाइदा चाहिँ के थियो भने विद्यालयको भवन ढले पनि जमिन चै त्यहीँ थियो । अहिले न घर छ, न जमिन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्नुहुन्छ । भूकम्पको बेला जस्तै आम अभिभावक, शिक्षाप्रेमी, सरोकारवाला निकायलगायत सबैकाे सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उहाँले जानकारी दिनुभयो ।
मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो । विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउनुहुन्छ ।
इष्ट पोइन्ट एकेडेमीमा पनि क्षति
हेलम्बु गाउँपालिका ४ ढुङ्ग्रे बजारमा इष्ट पोइन्ट एकेडेमी बोर्डिङ स्कुल छ । अहिले पाँच सय ५० जना विद्यार्थी अध्यनरत छन् । निजी विद्यालय भए पनि समुदायको धरै आशा बोकेको विद्यालय खोलामा सीमित हुँदा विद्यालयका प्रधानाध्यापक दामोदर भारती निःशब्द हुनुहुन्छ । आफ्नै घर, खेत पूरै खोलाले बगाउँदा पनि उहाँलाई सबैभन्दा धरै विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता छ । घरको पिल्लर मात्र देखाउँदै उहाँले भन्नुभयो, “मेरो आफ्नै घर छैन, वर्षभरि खाने खेत छैन, जिन्दगी सुम्पेको विद्यालय पनि छैन । केही सोच्नै सकेको छैन, भावुक हुँदै उहाँले भन्नुभयो, “प्रकृतिसँग कसैको केही नलाग्ने रैछ । भूकम्पले ढलाएको विद्यालय पुनर्निर्माणपछि गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो ।”
विद्यालयको भवन त ढल्यो नै अभिभावकले पनि चासो र चिन्ता लिइरहनुभएको छ । विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा उहाँ दुःखी हुनुहुन्छ । विद्यालयमा त्यति धेरै क्षति हुँदा पालिका, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकारवाला निकायको एक कल फोनसमेत नआउँदा र सहानुभूतिका शब्द वर्षा नहुँदा दुःखित हुनुभएका उहाँले कोही नभए पनि अभिभावक त हुनुहुन्छ भन्दै चित्त बुझाउनुभएको थियो । निजी विद्यालय भए पनि शिक्षा प्रदान गर्ने पुण्य थलोलाई बहिष्कार गर्दा समाजका लागि अहिलेसम्म बिताएको समय निराशाजनक भएको प्रअ भारतीको कथन छ । अबको विद्यालय के हुने ? कहाँ स्थानान्तरण गर्ने ? शैक्षिक गतिविधि कसरी अगाडि बढाउने लगायतका प्रश्नको वर्षाले उहाँ चिन्तित हुनुहुन्छ ।
बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको कार्यालयमा पूर्ण क्षति पुर्याएकाे छ । बाढीको सूचना दिँदा दिँदै आफैँ बाढीमा डुबेको रेडियो मेलम्चीले ठूलो क्षति बेहोर्नुपरेको छ । समुदायको सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको रेडियोको भवन क्षणभरमै बाढीमा मिल्दा समुदायको मन रोएको छ । समुदायसँगै सहयोग सङ्कलन गरेर ठडिएको भवन अहिले डुबानमा छ । रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ । ल्यापटप, कम्प्युटर, विभिन्न डिभाइस, क्यामरा, नगदलगायत रेडियोसँग सम्बन्धित सम्पूर्ण कागजपत्र बाढीले बगाउँदा अहिले रेडियो सञ्चालन गर्न हम्मे–हम्मे भएको छ । धरै मेहनतपछि आफ्नै भवनबाट सञ्चालनमा आएको रेडियो फेरि पनि पुरानै अवस्था अर्थात् जस्ताको टहरोमा नै सीमित भएको छ । रेडियोमा भएको क्षतिले गर्दा ग्रामीण भेगका नागरिकको सारथी गुमेको छ भने रेडियोको हालत बिचल्ली भएको छ । झन्डै ६५ लाख रुपैयाँकाे लागतमा निर्माण गरिएको भवन र त्यहाँको संरचनामा पुगेको क्षतिले झन्डै एक करोड २० लाख रुपैयाँभन्दा धेरैको क्षति पुगेको छ । अहिले रेडियो सञ्चालनका लागि हारगुहार गर्दै अगाडि बढ्नुको विकल्प छैन ।
विभिन्न व्यक्ति तथा संस्थाले तत्कालका लागि केही सहयोग गरे पनि दीर्घकालीन रूपमा रेडियो सञ्चालनका लागि बाटो हेरिरहेको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । रेडियो सञ्चालनका लागि तत्काल ल्यापटप, कम्प्युटर, रेकर्डर, फर्निचर, अडियो कन्भर्टर लगायत उपकरणको आवश्यक रहेको जनाइएको छ । छिटोभन्दा छिटो रेडियो व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि सहयोग गरिदनु हुन अपिलसमेत गरिएको छ ।
अहिलेको मेलम्ची पीडितहरू विभिन्न ठाउँमा छरिएर रहेका छन् । ग्रामीण तथा विकट कतिपय ठाउँमा अझै पनि राहत नपुग्दा सुविधा सम्पन्न र बेसी इलाकामा राहतको ओइरो लागेको छ । खाद्यान्नभन्दा पनि आवश्यकता हेरेर राहत ल्याउनका लागि पालिकाले आग्रह गरिरहेका छन् । जोखिममा रहेका घर तथा बस्तीको अस्थायी रूपमा स्थानान्तरण गर्ने काम लगभग सकिएको छ भने स्थायी रूपमा पीडितका लागि के गर्ने भन्ने विषयमा पालिका पनि रनभुल्लमा छन् । क्षतिको विवरण सङ्कलन र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको पालिका मैदानमा नै निरन्तर भए पनि स्थानीयवासीले भने आलोचना गर्न छाडेका छैनन् । अहिले मेलम्चीदेखि हेलम्बुको बन्द सडक खोल्नका लागि प्रयास भइरहे पनि पानीको बहावले निरन्तर काटिरहने हुनाले समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।