कोपा अमेरिका फुटबलमा पेरु विजयी

 असार ७, २०७८ सोमबार ८:१८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा पेरु विजयी भएको छ । बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने ४ अङ्कका साथ दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा यही समूहका भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका थिए ।

 भेनेजुएला चौथो स्थानमा छ भने इक्वेडर पुछारमा छ । ब्राजिल ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया