नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - टोकियो ओलम्पिकमा सहभागिता जनाउन जापान गएका युगान्डा टिमका एक जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जापान पुगेपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ओलम्पिकका लागि युगान्डाका ९ सदस्यीय टिम जापान पुगेका थिए । सङ्क्रमित व्यक्तिको परिचय गोप्य राखिएको छ ।
उनीहरु कोरोनाको पूर्ण खोप लगाएर जापान गएको भनिएको छ । टोकियो ओलम्पिक आउँदो जुलाई २३ तारिखदेखि अगस्ट ८ तारिखसम्म हुँदैछ । कोरोना महामारीका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिताका केही खेल भने जुलाई २१ तारिखदेखि नै सुरु हुनेछ ।
कोरोना महामारीकै बीच प्रतियोगिता गर्न लागेको भन्दै टोकियो ओलम्पिकको आलोचना भइरहेको छ । तर, ओलम्पिक समितिले र जापान सरकारले सुरक्षित तरिकाले खेल आयोजना गर्ने बताउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।