युरो कप : बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता

 असार ८, २०७८ मंगलबार ५:५०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे ।

जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ । यस्तै नेदरल्याण्ड्स पनि समूह विजेता बनेको छ । गएराति भएको खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोलले हरायो । उसका लागि कप्तान जर्जिनियो विनाल्डमले दुई र  मेम्फिस डिपेले एक गोल थपे ।  नेदरल्याण्ड्सले समूह चरणका सबै खेल जित्दै नौ अङ्क जोडेको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया