देशका धेरै ठाउँमा मौसम सफा : वाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार ८, २०७८ मंगलबार ७:४५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ ।

वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एक/दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।

पानी पर्ने क्षेत्रका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । त्यस्तै आज राति पनि देशभरको मौसम सामान्य बद्लीकै अवस्था रहने अनुमान छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया