राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

 असार ८, २०७८ मंगलबार ११:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो ।

स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु  गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृथु बाँस्कोटा भने प्रशिक्षणमा सहभागी छैनन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया