नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुल्यो

 असार ८, २०७८ मंगलबार १४:८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयले नेपाली नागरिकले खोप पाउने विषय पनि सहज हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले बताउनुभयो । अहिले विश्वभरिका नागरिकले लगाइरहेको खोप पनि परीक्षणमै रहेकाले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणका लागि अनुरोध गर्न सक्ने उहाँले बताउनुभयो ।

परीक्षण गर्न आउने खोप उत्पादकले नागरिकको हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताउनुभयो । नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता रोगविरुद्धका खोपको सफल परीक्षण भएकाले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने उहाँको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोनासम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै परिषद्ले आउँदाे असार १७ र १८ गते काठमाण्डौमा सम्मेलन गर्न लागेको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया