थप ४ हजार ५ सय २२ जनामा काेराेना पुष्टि, निकाे हुने दर ९०.२ प्रतिशत

 असार ८, २०७८ मंगलबार १७:४५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा थप चार हजार पाँच सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा १२ हजार दुई सय चार जनाकाे पीसीआर परीक्षण र चार हजार सात सय नौ जनाकाे एन्टिजेन परीक्षण भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

आज थपिएका सङ्क्रमितमा धौलागिरी अस्पतालबाट यसअघि भएको परीक्षणको विवरणसमेत जोडिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ५४ हजार चार सय ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५४ जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । याेसँगै अहिलेसम्म सङ्क्रमणबाट निकाे हुनेकाे सङ्ख्या पाँच लाख ६४ हजार आठ सय ८२ जना निको भएका छन् ।

अहिले नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९० दशमलव २ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार छ सय ४८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टा र प्राप्त विवरणसहित ४१ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म आठ हजार आठ सय १३ जनाको कोरोनाबाट ज्यान गएको छ ।

अन्तिम अपडेट: कात्तिक २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया