विपदमा राजनीति भन्दा ठूलो नागरिक : अध्यक्ष दाहाल

 असार ८, २०७८ मंगलबार २०:४५:४ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा नागरिककाे जिउधन भन्दा ठूलो अरू नहुने बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विपदमा राजनीति भन्दा ठूलो नागरिक हुने बताउनुभएको हो ।

बाढी–पहिरोमा परेका नागरिककाे उद्धार र उनीहरूको व्यवस्थापनसँगै क्षति न्यूनीकरण पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘विपदमा राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’ अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरिकाले लागि परेको बताउँदै उहाँले यो सबै दोस्रो प्रथामिकता भएको बताउनुभयो ।

नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आउनुभएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमा नै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताउनुभयो । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा नागरिक त्रास बढेको उहाँको भनाइ थियो । अहिलेको व्यवस्थापन कमजाेर भएको भन्दै उहाँले नारायणी नदीको फाइदा र जोखिमको आँकलन गर्दै काम अघि बढाउनुपर्ने जानकारी दिनुभयो ।  

नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो  । उहाँले भन्नुभयो, ‘निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरू हिजोको आवश्यकतालाई मध्यनजर गरेर बनाइएका हुन् । ती नीति, ऐनहरू बदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।’

फरक प्रसङ्गमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले वर्तमान सरकारले चितवनलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया