सुत्केरी महिलालाई गाउँपालिकाको ‘पोषण झोला’

 असार ९, २०७८ बुधबार ९:५१:४७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले त्यहाँका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा सहितको कोसेली वितरण सुरु गरेको छ ।

पालिकाले सुनौला हजार दिन अन्तर्गत सुत्केरी भएका विपन्न, दलित महिलाहरुलाई उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण गरेको हो । त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरुले सुत्केरी महिलाका घर घरमा गएर कोसेली बाँडिरहेको गाउँपालिका उपाध्यक्ष निर्मला साउँदले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमै पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ ।” 

सुत्केरी महिलाले पाेषणजन्य खानेकुरा खान नपाउँदा बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने गरेका कारण यो कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

यस कार्यक्रम अन्तर्गत पालिकाभरिमा रहेका ८४ जना सुत्केरी महिलालाई पोषण झोला वितरण गरिन लागिएको हो । पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलाे चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल रहेको गाउँपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया