पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – गएको २४ घण्टामा देशभर दुई हजार चार सय २१ जनामा काेराेना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
सात हजार चार सय ६१ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा र चार हजार नाै सय ५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै सय १० जना गरी दुई हजार चार सय २१ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
२४ घण्टामा थपिएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका चार सय ९७ जना रहेका छन् । पछिल्लाे २४ घण्टामा काठमाण्डाैमा तीन सय ४६ जनामा, ललितपुरमा ९४ जनामा र भक्तपुरमा ५७ जनामा सङ्क्रमण देखिएकाे हाे । नेपालमा आज ५० हजार पाँच सय २० जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा काेराेना सङ्क्रमणका कारण ५२ जनाको ज्यान गएको र विभिन्न समयकाे थप २९ जना गरी ८१ जनाको ज्यान गएको तथ्याङ्क प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।