युरोकप : अन्तिम १६ मा पुग्ने टोलीको टुंगो, उत्कृष्ट तीनमा पर्दै पोर्चुगल पनि नकआउटमा

 असार १०, २०७८ बिहिबार ६:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो ।

निकै रोमाञ्चक मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा पुगेका छन् । गएराती पोर्चुगल र फ्रान्सले २–२ गोलको बराबरी खेलेपछि फ्रान्स पाँच अंकका साथ समूह विजेता बन्दै अघिल्लो चरणमा पुग्यो । निकै रोमाञ्चक खेलमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा २ गोल गरे भने फ्रान्सका करिम बेन्जिमाले पनि दुई गोल गरे ।

यस्तै हंगेरीसँग बराबरी खेलेको जर्मनी पनि चार अंकसहित नकआउटमा पुग्दा चारै अंक रहेको पोर्चुगल उत्कृष्ट तीनभित्र पर्दै अन्तिम १६ मा पुगेको हो । यस्तै गएराति नै भएका स्पेनले स्लोभाकियालाई पाँच गोलले हराएर नकआउट चरणमा पुग्यो । दुई गोल आत्मघाती उपहार पाएको स्पेनको लागि एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । पोल्याण्डलाई हराएको स्वीडेन समूह विजेता बन्यो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया