प्रतिनिधिसभा विघटनको मुद्दामा दोस्रो दिनको सुनुवाइ चल्दै

 असार १०, २०७८ बिहिबार १२:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ भइरहेको छ । सुनुवाइ विशेषगरी एक सय ४९ जना सांसदले हस्ताक्षर गरेर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेको विषयमा केन्द्रित छ ।

हिजो भएको सुनुवाइका क्रममा अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी लगायतले राष्ट्रपतिको भूमिकालाई लिएर निकै आलोचना गरेका थिए । संविधानले बहुमत सांसदको हस्ताक्षर पुग्ने वित्तिकै प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था गरेपनि राष्ट्रपतिले पक्षपात गरेको उनीहरुको तर्क छ । राष्ट्रपति कार्यालयले गरेका कामबारे प्रश्न उठाउन नपाइने जवाफ सर्वोच्चमा पठाएर धम्काउन खोजेको पनि अधिवक्ताहरुको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनको विषयका मुद्दामा हिजोदेखि निरन्तर सुनुवाइ भइरहेको हो । यो मुद्दालाई फास्ट ट्र्याकमार्फत टुङ्गो लगाउने भन्दै सुरु बहसका लागि १२ घण्टा र जवाफको थप तीन घण्टा गरी निवेदकले १५ घण्टाको समय पाएका छन् । निवेदकतर्फका अधिवक्ताको बहस आजै सकिने सम्भावना छ । यस्तै महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिल र विपक्षीका निजी वकिललाई गरी १५ घण्टा समय तोकिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया