नेपाल, नामिबिया र स्कटल्याण्डबीच स्पेनमा हुने भनिएको त्रिदेशीय शृङ्खला स्थगित

 असार १०, २०७८ बिहिबार १२:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल, नामिबिया र स्कटल्याण्डबीच स्पेनमा हुने भनिएको त्रिदेशीय क्रिकेट शृङ्खला स्थगित भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्पेनमा हुने भनिएको शृङ्खला स्थगित भएको हो ।

नामिबियामा कोरोना भाइरसको सङ्क्रमणका कारण अवस्था असहज भएपछि शृङ्खला स्थगित गर्नुपरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ । नामिबियाका केही खेलाडीमा समेत कोरोना देखिएको छ ।

आईसीसीका अनुसार यो शृङ्खला आउँदो २०२२ जुलाईमा हुनेछ । यसअघि आउँदो जुलाई २० देखि ३० अर्थात् साउन ५ देखि साउन १५ सम्म हुने तय भएको थियो । नेपाली टोलीले मङ्गलवारदेखि प्रशिक्षणसमेत सुरु गरेको थियो ।

लिग अन्तर्गत नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्याण्ड, पपुवा न्युगिनी र यूएईले नौ वटा शृङ्खला खेल्ने तालिका थियो । तर नेपालले जम्मा एउटा मात्रै शृङ्खला खेलेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया