प्रतिनिधि सभा पुनर्स्थापना, पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रदर्शन

 असार १०, २०७८ बिहिबार २०:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले प्रतिनिधि सभा पुनर्स्थापना र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताकाे माग गर्दै प्रदर्शन गरेका छन् । 

बिहीवार विपक्षी गठबन्धनका भातृ विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधर अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटाैँले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।   

प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सरकारका विरुद्धमा नाराबाजीसमेत गरेका थिए भने सार्वभौम संसद् पुनर्स्थापना गर, अब त अति भो राष्ट्रलाई क्षति भो, पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए । 

माग पूरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा गर्ने विद्यार्थी सङ्गठनहरूले जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया