नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - वेस्ट इन्डिजसँगको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका पराजित भएको छ । गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६१ रनको लक्ष्य वेस्ट इन्डिजले ३० बल अगावै भेट्टायो ।
वेस्ट इन्डिजका लागि इभिन लेविसले ७१ रनको योगदान गरे भने क्रिस गेलले ३२, आन्द्रे फ्लेट्चरले ३० र आन्द्रे रसेलले २३ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज शामीले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ५६, क्विन्टन डी ककले ३७ रन, टिम्बा बाभुमाले २२ र रिजा हेन्ड्रिक्सले १७ रन बनाए । वेस्ट इन्डिजका फाबियन एलन र ड्वाने ब्राभोले २/२ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।