कर्णाली नदीको कटानले सत्तीमा पक्की पुल भासियो, गाडी आवत जावतमा रोक

 असार १३, २०७८ आइतबार ११:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने राजापुरको सत्ती पुल भासिन थालेको छ । हिजो दिउँसो कर्णाली नदीले पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया ठप्प भएको छ ।

दैनिक हजारौँ नागरिक आवत जावत गर्ने यो पुलको स्ल्याब कर्णाली नदीले कटान गरेपछि कैलाली र बर्दिया जोड्ने बाटो बन्द भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उज्यालोलाई बताउनुभयो । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ गाडी आवत जावत हुने गरेको छ । पुल भासिएपछि कैलाली र बर्दिया आउजाउ गर्ने गाडी रोकिएका छन् ।

पुल भासिँदा खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको राजापुरका विक्रम कायस्थले बताउनुभयो । नदीले बर्दियातिरको अन्तिम पिल्लर र जमिनबीचको माटो बगाएपछि जोखिम बढेको हो । पुलको छेउतिरबाट माटो बग्न थालेकाले झण्डै ४० करोडको लगानीको बनेको पुल जोखिममा परेको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया