पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वार्टर फाइनलमा

 असार १३, २०७८ सोमबार ५:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछ ।

अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया