नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा

 असार १३, २०७८ सोमबार ५:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो  । चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एक/एक गोल गरे ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे । क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्क वेल्सलाई हराएर क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया