काठमाण्डौमा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थप्ने तयारी

 असार १४, २०७८ सोमबार ७:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता थपिने भएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा आज रातिदेखि सकिन लागेकाले केही खुकुलो बनाउँदै एक हप्ता थप्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले एक हप्ता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको भए पनि त्यसमा के कस्ता मापदण्डहरु कायम गर्ने भन्नेबारेमा आज बस्ने बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यकामा जोर बिजोर प्रणालीमार्फत सार्वजनिक गाडी सञ्चालन गर्ने बारेमा छलफल भएको र त्यसबारेमा पनि आज निर्णय हुने पराजुलीले बताउनुभयो ।

यातायात व्यवसायीहरुले भने जोर बिजोर नभइ स्वास्थ्यका मापदण्ड पालना गराएर सार्वजनिक गाडी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । काठमाण्डौ उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया