कांग्रेसका नेताहरू आफैँ नाथुराम गाेड्से हुने तहमा पुग्नु भनेकाे प्रचण्डपथ नै अँगालेकाे हाे : प्रधानमन्त्री

 असार १४, २०७८ सोमबार १४:५७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको टिप्पणी गर्नुभएको छ । स्वर्गीय नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमवार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको बताउनुभएको हो । उहाँले कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने र फेला नपरे नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको दाबी गर्नुभयो । 

कांग्रेस प्रचण्डपथमा हिँडेपछि प्रचण्डपथको छाया न्यायालयमा पनि परेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । उहाँले भन्नुभयो, नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेपछि, नेपाली कांग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने नाथुराम गोड्से आफैँ हुने तहमा पुगेको भनेको प्रचण्डपथ नै अँगालेकाे हो । उसै त अराजनीतिक अस्थिरताको खेती । देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रचण्डपथ नै अँगालेकाे हो । प्रचण्डपथ यति व्याप्त भइसक्यो । नेपाली कांग्रेसले अँगालेपछि, त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोटमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदा रहेछन् । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमा नै भने । नेपाली कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु भने । 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भइरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अभिवक्ताज्यूहरू तपाईँहरूले आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नु हुँदैन ? 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया