'ए' डिभिजन लिग आउँदो असोज ३ गतेदेखि

 असार १४, २०७८ सोमबार १८:५०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता आउँदो असोज ३ गतेदेखि सुरु हुने भएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज ए डिभिजन कल्बका प्रतिनिधि र एन्फा पदाधिकारीको बैठकले यस वर्षको ए डिभिजन लिग असोज ३ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै एन्फाले लिगका लागि जुलाई ३० अर्थात् आउँदो साउन १५ गतेदेखि खेलाडी दर्ता खुला गर्नेछ । 

कोरोना महामारीका कारण समयमा हुन नसकेको लिग सञ्चालन गर्न एन्फाले असोज महिनालाई तोकेको हो । असोजबाट हुने लिगमा 'बी' डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछ भने लिगको पुछारमा रहेर लिग टुङ्ग्याएकाे सरस्वती यो सिजनमा हुने छैन ।

एन्फाले लिग असोजमा सुरु गर्ने मिति घोषणा गरे पनि सकिने मिति भने खुलाएको छैन । एन्फाको क्यालेन्डर अनुसार ए डिभिजन लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । त्यही लक्ष्यअनुसार शीर्ष डिभिजन लिग झन्डै ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया