युरो कपमा आज प्रि-क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदै, इङ्ग्ल्यान्ड र जर्मनीले प्रतिस्पर्धा गर्ने

 असार १५, २०७८ मंगलबार ८:५५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  युरो कप फुटबलमा आज प्रि-क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदै छन् । आज राति पौने १० बजे लण्डनमा इङ्ग्ल्यान्ड र जर्मनीबीचको खेल हुँदैछ ।

इङ्ग्ल्यान्ड समूह 'डी' को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्दा जर्मनी समूह 'एफ'बाट उपविजेताको रुपमा प्रवेश गरेको थियो । इङ्ग्ल्यान्डको तीन खेलमा ७ अङ्क र जर्मनीको तीन खेलबाट ५ अङ्क रहेको छ । 

यस्तै आजै राति नेपाली समयअनुसार पौने १ बजे स्वीडेन र युक्रेनबीचको खेल हुँदै छ । स्वीडेन समूह 'ई' को विजेता हो भने युक्रेन समूह 'सी'बाट उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।  

यसैबीच, साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति रोमानियामा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । 

यस्तै स्पेन पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति कोपनहेगनमा भएको खेलमा तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया