कोपा अमेरिका फुटबल : अर्जेन्टिना र उरुग्वे क्वार्टर फाइनलमा प्रवेश

 असार १५, २०७८ मंगलबार ९:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ । 

बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक/एक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ । 

जितसँगै उरुग्वे दोस्रो स्थानमा रहँदै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ । उरुग्वेका लागि इडिसन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्न पुग्यो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया