लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार र होटल व्यवसायीबीच...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – यातायात व्यवसायीहरूले देशभर नै सार्वजनिक गाडी खुलाउनुपर्ने माग राखेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त विज्ञप्ति निकालेर २५ सिटमाथिका गाडी मात्रै सञ्चालन गर्ने काठमाण्डौ उपत्यकाका जिल्ला प्रशासन कार्यालयको निर्णय अव्यावहारिक भएको बताएका छन् ।
अरू क्षेत्र बिस्तारै खुल्दै गएको अवस्थामा यातायात क्षेत्रलाई पूर्णरूपमा खुल्न नदिने स्थानीय सरकारको निर्णय अव्यावहारिक भएको बताउँदै व्यवसायीले सरकारले आवश्यक निर्णय नगरे आउँदो १८ गतेदेखि सबै सार्वजनिक गाडी सडकमा निकाल्ने चेतावनी पनि दिएका छन् । आफूहरूले दिएको सुझावलाई बेवास्ता गरी सरकारले एकलौटी निर्णय गरेको व्यवसायीहरूले आरोप लगाएका छन् ।
यस्तै व्यवसायीहरूले २०६९ सालदेखि भाडामा समायोजन नभएको भन्दै भाडादरलाई पनि वैज्ञानिक बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले यातायात क्षेत्रका मजदुरका लागि कोरोना भाइरसविरुद्धको खोप दिने विषय प्राथमिकतामा राखी कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।