नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – युरो कप अन्तर्गत सोमवार राति स्विट्जरल्यान्डसँगको खेलमा पेनाल्टीमा गोल गर्न नसकेका फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पले माफी मागेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पोस्ट लेख्दै एम्बाप्पेले हारका लागि आफ्नो टोली र समर्थकसँग माफी मागेका हुन् ।
एम्बाप्पेले इन्स्टाग्राममा लेखेका छन्, ‘पेनाल्टीमा चुकेकेमा म माफी चाहन्छु । म टिमलाई सहयोग गर्न चाहन्थेँ तर म चुकेँ । निदाउन गाह्रो हुनेछ तर दुर्भाग्यवश यो खेलको उतारचढावसँग म धेरै प्रेम गर्छु । मलाई थाहा छ समर्थकहरू निराश हुनुभएको छ तर तपाईँको समर्थन र हामीलाई गरेको विश्वासप्रति म धन्यवाद भन्न चाहन्छु । अर्काे चुनौतीका लागि अझ बलियो हुने सबैभन्दा महत्त्वपूर्ण कुरा हो । स्विट्जरल्यान्डलाई बधाई र सफलताको कामना गर्दछु ।’
फ्रान्स र स्विट्जरल्यान्डबीचकाे खेलको ९० मिनेटसम्म दुवै टोली तीन–तीन गोलको अवस्थामा रहेपछि खेलको एक सय २० मिनेटसम्म लम्ब्याइएको थियो । थपिएको समयमा पनि दुवै टोलीबाट थप गोल नभएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।
पेनाल्टी शुटआउटमा स्विट्जरल्यान्डले पाँच वटै पटकको पेनाल्टीमा गोल गर्दा फ्रान्सका लागि किलियन एम्बाप्पेले प्रहार गरेको पाँचौँ पेनाल्टी स्विट्जरल्यान्डका कीपरले रोकेपछि फ्रान्स पाँच–चार गोल अन्तरले पराजित भएको थियो । जितसँगै स्विट्जरल्यान्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।