झन्डै ५० अङ्कले घट्यो नेप्से, राधी विद्युतको ५० करोड रुपैयाँको कारोबार

 असार १५, २०७८ मंगलबार १५:१४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलवार झन्डै ५० अङ्कले घटेको छ । माइक्रो–फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो ।

आज बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको शेयर झन्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कले घटेको छ ।

आज दुई सय २३ कम्पनीका एक करोड ४० लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै राधी विद्युत् कम्पनीको शेयर ४९ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स र एचआईडीसीएलको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ओरियन्टल होटलको शेयर झन्डै ६ प्रतिशतले बढेको छ ।    

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया