एन्डी मुर्रे र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा

 असार १७, २०७८ बिहीबार ८:४०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायती एन्डी मुर्रे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा जर्मन क्वालिफायर अस्कर ओटेलाई ६–३, ४–६, ४–६, ६–४ र ६–२ को सेटमा हराउँदै मुर्रे तेस्रो चरणमा प्रवेश गरेका हुन्  ।

तेस्रो चरणमा उनले १० औँ वरीयताका क्यानेडियन खेलाडी डेनिस शापोभालोभसँग शुक्रवार प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नोभाक जोकोभिच पनि विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । विश्व नम्बर एक समेत रहेका सर्बियन जोकोभिचले एण्डरसनलाई ६–३,६–३ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया