चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको १००औं वार्षिकोत्सव मनाउँदै

 असार १७, २०७८ बिहिबार १२:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले आफ्नो सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औं  वार्षिकोत्सव मनाउँदै छ ।  वार्षिकोत्सवको औपचारिक कार्यक्रमबारे जानकारी दिइएको छैन । तर राष्ट्रपति सी जिनपिङले एउटा मन्तव्य दिने ठानिएको छ ।

चीनमा कयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र केही हप्तायता पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो । वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङलगायतका मुख्य सहरहरुमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसीले जनाएको छ । 

यसैबीच, वार्षिकोत्सव मनाउन वर्षभरि प्रसारणका लागि सय टेलिभिजन कार्यक्रमको मितिहरु तय भइसकेको छ । चीनको उपलब्धिको प्रशंसा गर्ने सय प्रतिशत भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा एक सय गायकहरू रहेका बीबीसीले जनाएको छ ।

हङकङले पनि आज नै २४ औं वर्षगाँठ मनाउँदै छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया