स्वास्थ्य मन्त्रालयलाई ६५ थान बाइप्याप भेन्टिलेटर हस्तान्तरण

 असार १७, २०७८ बिहीबार २०:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सामाजिक कल्याण सङ्घ जनउद्धार केन्द्र मलेसियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ का बिरामीका लागि आवश्यक पर्ने बाइप्याप भेन्टिलेटर हस्तान्तरण गरेको छ ।  

वेस्टर्न डिजिटलमा कार्यरत नेपाली र लभ पेनाङ नेटवर्कको सहकार्यमा सामाजिक कल्याण सङ्घ जनउद्धार केन्द्र मलेसियाले ६५ थान बाइप्याप भेन्टिलेटर बिहीवार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

जनउद्धार केन्द्रको सद्भावना दूतका रूपमा रहनुभएका हास्य कलाकार मनोज गजुरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बाइप्याप भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । उहाँले विदेशबाट सङ्कलन गरी पठाइने कतिपय सामग्री पीडित र लक्षित वर्गसम्म पुग्ने नगरेको र कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने पनि थाहा नपाइने गरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले उपलब्ध बाइप्याप भेन्टिलेटर जिल्ला अस्पतालमा पनि प्रयोग गर्न सकिने बताउनुभयो । आवश्यक ठाउँमा तुरुन्त पठाइने उहाँले बताउनुभयो ।

बाइप्यापमा अक्सिजन खपत पनि कम हुने उल्लेख गर्दै उहाँले यसको आवश्यकता रहेको बताउनुभयो । कोभिड महामारीबाहेक अन्य अवस्थामा पनि यसले काम गर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया