चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

 असार १९, २०७८ शनिबार ८:१०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टर फाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो । ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो । ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ । आज बिहान भएको खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया