युरोकप फुटबलमा आज डेनमार्क र चेक रिपब्लिक खेल्दै, इङ्ग्ल्याण्डलाई युक्रेनको चुनौती

 असार १९, २०७८ शनिबार १३:२८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोकप फुटबलको दोस्रो क्वार्टरफाइनलमा आज चेक रिपब्लिक र डेनमार्क तथा इङ्ग्ल्याण्ड र युक्रेन खेल्दैछन् । डेनमार्क र चेकको खेल राति पौने १० बजे अजरबैजानको बाकु ओलम्पिक मैदानमा सुरु हुनेछ ।

चेक रिपब्लिकले नेदरल्याण्ड्सलाई २–० गोलले हराएर अन्तिम आठमा पक्का गरेको हो भने डेनमार्कले वेल्सलाई ४–० ले हराएर युक्रेनसँगको भेट पक्का गरेको हो । यस्तै राति पौने १ बजे हुने खेलमा इङ्ग्ल्याण्ड र युक्रेनले खेल्दैछन् । खेल इटलीको रोममा रहेको ओलम्पिको स्टेडियममा हुनेछ । प्री–क्वार्टरफाइनलमा युक्रेनले स्विडेनलाई २–१ गोलले हराएको थियो भने इङ्ग्ल्याण्डले जर्मनीलाई २–० ले पराजित गरेको थियो ।

युरोकपमा गएराति बेल्जियमलाई हराउँदै इटाली र स्विट्जरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेका छन् । इटालीले बेल्जियमलाई २–१ गोलले र स्पेनले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराएका हुन् ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया