इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द

 असार २१, २०७८ सोमबार ६:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय  क्रिकेट नतिजा विहीन भएकाे हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङ्ग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट हुँदै एक सय ६६ रन बनायो । उसका लागि दसुन सनाकाले सर्वाधिक ४८ रन बनाए । इङ्ग्ल्यान्डका टम कुरानले चार विकेट लिए । तर, पटक पटक पानी परेपछि इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाएपछि खेल रद्द भएको हो ।

अन्तिम खेल नतिजा विहीन भएसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खला २–० ले जितेको छ । अघिल्ला दुई खेलमा इङ्ग्ल्यान्ड श्रीलङ्कालाई हराएको थियो । त्यस्तै इङ्ग्ल्यान्डले तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि ३–० ले जितेको थियो।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया