इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको उमेर समूहको एसियन महिला कप रद्द

 असार २१, २०७८ सोमबार ११:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२२ मा इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको उमेर समूहको एसियन महिला कप रद्द भएको छ ।

एसियन फुटबल महासङ्घले इन्डोनेसियामा हुने तय भएको १७ वर्षमुनिको महिला एसियन कप र सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी २० वर्षमुनिको महिला एसियन कपलाई रद्द गरेको हो । एएफसी कार्यसमिति बैठकले स्वास्थ्य जोखिमका कारण दुवै प्रतियोगितालाई नगर्ने निर्णय गरेको जनाएको छ ।

अब दुवै प्रतियोगिता सन् २०२४ मा हुनेछन् । यस्तै एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता सरेको छ । अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको हो । छनोट खेल अक्टोबर १३ देखि २४ सम्म हुने तालिका रहेको थियो। छनोट प्रतियोगिता अब २०२२ को अप्रिल १ देखि १५ सम्म हुनेछ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया