विम्बल्डन टेनिसको क्वार्टर फाइनलदेखि कोर्टको क्षमताअनुसार दर्शक राखिने

 असार २१, २०७८ सोमबार १२:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा चलिरहेको विम्बल्डन टेनिसमा क्वार्टर फाइनलदेखि कोर्टको क्षमता अनुसार नै दर्शक राखिने भएको छ । कोरोना महामारीका कारण यसअघि सीमित दर्शकलाई मात्र प्रवेश गराइएको थियो ।

गएको सोमवारदेखि सुरु भएको प्रतियोगितामा कोर्टको क्षमताको ५० प्रतिशत दर्शकलाई मात्र प्रवेशको अनुमति दिइएको थियो । तर अर्को हप्तादेखि सुरु हुने क्वार्टर फाइनलका खेलदेखि सेन्टर कोर्टको झण्डै १५ हजार क्षमता अनुसार नै दर्शक राखिने भएको छ । अघिल्लो वर्ष कोरोनाका कारण विम्बल्डन रद्द भएको थियो ।

कोरोना महामारी सुरु भएपछि बेलायतमा पहिलो पटक खुला रुपमा पूर्ण दर्शक क्षमतामा यो प्रतियोगिता हुन लागेको हो ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया