कोपा अमेरिका फुटबलको सेमिफाइलनमा भाेलि बिहान ब्राजिल र पेरु खेल्दै

 असार २१, २०७८ सोमबार १९:२२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोपा अमेरिका फुटबलको पहिलाे सेमिफाइनलमा मङ्गलवार (भोलि) बिहान ब्राजिल र पेरु खेल्दैछन् । खेल भोलि बिहान पौने पाँच बजे ब्राजिलको ओलम्पिक मैदानमा सुरु हुनेछ । 

विजयी हुने टोली फाइनल प्रवेश गर्नेछ । क्वाटर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराएका थिए । यस प्रतियोगितामा ब्राजिल अपराजित टिम हो ।   

समूह 'बी' मा ब्राजिल समूह विजेता बन्दा पेरु उपविजेता बनेको थियो । समूह चरणकाे खेलमा ब्राजिलले पेरुलाई चार–शून्य गाेल अन्तरले हराएको थियो ।  

काेपामा अमेरिका फुटबलमा ब्राजिलले पेरुसँग खेलेका ४९ खेलमध्ये ३५ खेलमा जित निकालेकाे छ भने पेरुले जम्मा पाँच खेलमा जित निकालेकाे छ । नाै खेल भने बराबरीमा सकिएकाे छ ।  

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा बुधवार बिहान अर्जेन्टिना र कोलम्बियाको खेल हुनेछ ।    

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया