ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा

 असार २२, २०७८ मंगलबार ६:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलले पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा ब्राजिलका लुकास पाक्वेटाले गरेको गोल नै निर्णायक भयो । पाक्वेटाले खेलको ३५ औं मिनेट गोल गरे ।

कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो । क्वार्टर फाइनलमा ब्राजिलले चिलीलाई र पेरुले पाराग्वेलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए । ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३–१ ले हराएर उपाधि जितेको थियो । कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् ।

अब ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया