वायु सेवा निगममा तालाबन्दी, प्रहरी र कर्मचारीबीच घम्साघम्सी

 असार २२, २०७८ मंगलबार १७:११:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगममा कर्मचारीले तालाबन्दी गरेका छन् । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर विस्तार निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका हुन् ।

कर्मचारीले लगाएको ताला प्रशासनले नेपाल प्रहरी बोलाएर फुटाउन खोजेको थियो तर कर्मचारीले विरोध गरेपछि प्रहरीसँग घम्साघम्सी भएको छ । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आफूहरूलाई तितरबितर पार्न खोजिएको एक कर्मचारीले जानकारी दिएका छन् ।

कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्ध पत्र र नियमावली संशोधन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ । कर्मचारीहरूले आजै अर्थ मन्त्री विष्णु पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । कुनै हालतमा पनि निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान छ ।

निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो । प्रस्तावमा ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा वा पर्यटन तथा सर्वसाधारण समूह र पाँच प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई शेयर बेचेर निजीकरण गर्न सकिने उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया