नेपाली खेलकुदकाे अभिलेख राख्न वेबसाइट

 असार २२, २०७८ मंगलबार २०:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुदको दस्तावेज राख्नका लागि आज मङ्गलवारदेखि वेबसाइट सञ्चालनमा ल्याएको छ । नेपाल ओलम्पिक कमिटीको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक सङ्ग्रहालयले नेपाली खेलकुदको विविध विषयलाई दस्तावेज बनाउने लक्ष्य राखेर वेबसाइट सञ्चालनमा ल्याएको हो ।

स्पोर्ट्स नेपाल ओराजी नाम रहेको वेबसाइटको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभयाे । कार्यक्रमपछि बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको इतिहास लामो भए पनि अभिलेखीकरण कमजोर भएको भन्दै अभिलेखका लागि वेबसाइट सञ्चालन सुरु गरिएको बताउनुभयाे । 

सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको र यसको औपचारिक सुरुवात पछिल्लो मङ्सिर १ गतेदेखि सुरु भएको थियो । अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने भएकाले अभिलेखीकरण गर्नुपर्ने काम अझै धेरै भएको बताउनुभयाे । उहाँले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैँ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे । 

कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेबसाइटको विविध पक्षबारे जानकारी गराउनुभएकाे थियाे । कार्यक्रममा कमिटीका उपाध्यक्षद्वय ज्योति राणा र उपाध्यक्ष अशोक बज्राचार्य, सचिव तुलसी थापा तथा सदस्य राम अवाले र रमेश सिवाकोटीको उपस्थिति रहेको थियो । 

ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रमले ठूलो महत्त्व राख्ने धारणा राखेका थिए ।  

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया