'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता खेल्न सन्दीप आज बेलायत जाँदै

 असार २४, २०७८ बिहिबार १४:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – 'द हन्ड्रेड' क्रिकेट प्रतियोगिता खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज बिहीवार बेलायत जाँदैछन् । सन्दीप राति ११ बजेपछि टर्किस एअरलाइन्सको जहाजबाट लन्डन जाने उनका व्यवस्थापक रमन सिवाकोटीले उज्यालोलाई जानकारी दिए ।

बेलायत गएपछि सन्दीप १० दिन क्वरेण्टीनमा बस्नेछन् । यस अवधिमा दुई पटककाे पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले याे प्रतियोगितामा खेल्न पाउने छन् ।

'द हन्ड्रेड' प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । याे प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।  यो प्रतियोगिता जुलाई २२ तारिखदेखि सुरु हुनेछ । 

गएकाे वर्ष हुने भनिएको याे प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् । द हन्ड्रेड प्रतियोगितापछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने तय भएको व्यवस्थापक सिवाकोटीले जानकारी दिए ।   

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया