डेनमार्कका किपरलाई 'लेजर लाइट' देखाएकाे विषयमा छानबिन सुरु

 असार २४, २०७८ बिहिबार १९:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड र डेनमार्कबीचको खेलमा खेल भावना विपरीत गतिविधि भएको भन्दै छानबिन सुरु गरेकाे छ । 

खेलको अतिरिक्त समयमा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई लक्षित गरेर दर्शकबाट कास्परको अनुहारमा पर्ने गरी ‘लेजर लाइट’ को प्रयोग भएको थियो । यसलाई खेल भावना विपरीत भएको भन्दै यूईएफएले छानबिन थालेको हो ।

स्माइकलले केनले प्रहार गरेको पेनाल्टी रोकेको थियो तर रिबाउन्डमा केनले गोल गर्दै इङ्ल्यान्डलाई जिताएका थिए ।

यस्तै डेनमार्कको राष्ट्रिय गानका क्रममा समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको विषयमा पनि यूईएफएले छानबिन सुरु गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Yubraj Paudel

    July 8, 2021, 8:32 p.m.

    खेलमैदानमा यो सबै गरिनु गलत हो

  •  0 Reply

तपाईको प्रतिक्रिया