युरो कपको उपाधिका लागि इङ्ग्ल्यान्ड र इटली खेल्दै

 असार २७, २०७८ आइतबार ७:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो । सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो ।

इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेसम्म २७ खेल भएकोमा इटलीले ११ खेल जितेको छ । इङ्ग्ल्यान्डले ८ खेलमा जित निकालेको भने ८ खेल बराबरी भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया