मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अस्ट्रेलियासँगको दोस्रो टी–ट्वान्टी घरेलु टिम वेस्ट इन्डिजले ५६ रनले जितेको छ । लगातार दोस्रो जितसँगै पाँच खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर १ सय ९६ रन बनायो ।
जितका लागि १ सय ९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर २ बलमा १ सय ४० रनमा समेटियो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । वेस्ट इन्डिजका हेडेन वाल्सले ३ तथा शेल्डन कोट्रेलले २ विकेट लिए । वेस्ट इन्डिजका शिम्रम हिटमायरले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ड्वाने ब्राभोले अविजित रहँदै ४७ रन जोडे । लेन्डल सिमोन्सले ३० रन बनाए ।
आन्द्रे रसेल २४ रनमा अविजित रहे । अस्ट्रेलियाका जोस हाजलउड, एस्टन अगर र मिचेल मार्सले १/१ विकेट लिए । पहिलो खेल वेस्ट इन्डिजले १८ रनले जितेको थियो । तेस्रो खेल मङ्गलवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।