अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल

 असार २८, २०७८ सोमबार ८:२२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ । एमाले कार्यदलमा १० बुँदे सहमति भएको भोलिपल्ट आज फेसबुकमार्फत नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको भन्दै हस्ताक्षरमा दृढ रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले कार्यदलमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

हिजो १० बुँदे सहमति भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै अब शेरबहादुर देउवालाई १२३ जनाको मात्र समर्थन बाँकी रहेको तथा सर्वोच्चले संसद पुनःस्थापना र प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिन नसक्ने दाबी गर्नुभएको थियो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया