अाफ्नी आमासँगको कट्रिनाकाे तस्बिर पोष्ट गरेलगत्तै किन डिलिट गरिन् सलमानकी बहिनी अर्पिताले ?

 भदौ १२, २०७५ मंगलबार १६:४०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

सलमान खान र कट्रिना कैफको अब आउने फिल्म ‘भारत’ को माल्टामा गरिने छायाँकन भर्खरै सकिएको छ । 

यस फिल्ममा अभिनेत्री कट्रिना निकै फरक लुकमा देखिनेछिन् । हालै सलमान खान र कट्रिनाले फिल्मको फष्र्ट लुक सार्वजनिक गरेका थिए । 

यसका साथै माल्टामा अभिनेत्री कट्रिना र सलमान खानकी आमा सल्माको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

यो फेटो सेयर गरेको केही समयभित्रै भाइरल भएको थियो । तस्बिरमा कट्रिनाले सेतो रंगको गाउनमा बेहुली बनेर सलमानकी आमालाई अंगालो हालेकी छिन् । 

तस्बिर सलमान खानकी बहिनी अर्पिता खानले इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् । तर यो फोटो सेयर गरेको केही समयमै उनले डिलिट पनि गरिदिइन् । 
तर अर्पिताले यो फोटो डिलिट गर्नु अगावै सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । 

अर्पिताले यो फोटोे किन डिलिट गरिन भन्ने कारण खुलेको छैन । तर यस फोटोमा कट्रिना र सलमान खानकी आमाबीचको घनिष्ठता भने प्रष्टै देखिएको थियो । 
यसै कारण यस फोटोमा फ्यानहरुले सासुबुहारीबीचको माया भन्दै कमेन्ट गरिदिएका थिए । 

त्यस फोटोबाट कट्रिनाको भारतको लुक लिक हुनसक्ने भन्दै अर्पिताले डिलिट गरेको भन्ने खबरहरु आएका छन् भने अर्कोतर्फ कट्रिना र सलमानकी आमालाई सासु–बुहारी भन्दै कमेन्ट आउन थालेपछि अर्पिताले तस्बिर डिलिट गरेको पनि भन्न थालिएको छ । 

सलमान र कट्रिना एक समयमा गहिरो प्रेममा थिए तर पछि कट्रिनाले रणवीर कपूरका लागि सलमानलाई छोडेकी थिइन् । 

तर अहिले फेरि उनी रणवीर कपूरसँग ब्रेकअप गरेर सलमानसँग नजिकिएकी छिन् । सलमान र कट्रिनाबीचको प्रेम सम्बन्ध टुटे पनि यी दुवैबीचको मित्रता भने अझै कायम नै छ । 

‘भारत’ को छायाँकनका लागि माल्टामा गएका सलमान खानका साथ उनकी आमा र बहिनी पनि साथमा गएका थिए । सलमानले आमा तथा बहिनीसँग घुम्दै गरेका फोटोहरु र भिडियो सेयर गरेका थिए । साथै कट्रिनाले सलमानकी बहिनी अलविराका साथमा खिचिएको फोटो सेयर गरेकी थिइन् । 

अलि अब्बास जफ्फर निर्देशित फिल्म ‘भारत’ सन् २०१९ मा प्रदर्शन हुनेछ । फिल्ममा सलमान खान र कट्रिना कैफका साथै अभिनेत्री तब्बु, दिशा पटानी, नोरा फतेही र कमेडियन सुनिल ग्रोवर रहेका छन् । 
 
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया